Menu

आजको मौसम

कलैयामा अब सबै रुटका सवारी बसपार्कबाट मात्र सञ्चालन हुने

Author
News-Desk | April 26, 2026
0
Featured

बैशाख १३, बारा । बाराको कलैया उपमहानगरपालिकाले ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउन सवारी साधन सञ्चालन सम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ।

उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद यादवले शुक्रबार सूचना जारी गर्दै भरत चोकदेखि पश्चिम, उत्तर तथा दक्षिणतर्फका सडकखण्डबाट सञ्चालन हुँदै आएका कलैयादेखि वीरगञ्ज, नारायणघाट र काठमाडौंका लागि बस, मिनीबस, म्याजिक, टेम्पो, ईभी माइक्रो र टाटा सुमो लगायतका सम्पूर्ण सवारी साधन अब वडा नं। ४ स्थित बसपार्कबाट मात्रै सञ्चालन गर्न निर्देशन दिएका हुन्।

उपमहानगरपालिकाले बजार क्षेत्रमा बढ्दो ट्राफिक चापलाई नियन्त्रण गर्दै यातायात व्यवस्थापनलाई सहज र व्यवस्थित बनाउन उक्त निर्णय लागू गरिएको जनाएको छ। साथै सम्बन्धित यातायात व्यवसायी तथा चालकलाई निर्णय कार्यान्वयन गर्न आग्रह गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?