Menu

आजको मौसम

पोखरीमा डुबेर पाँच वर्षीय बालकको मृत्यु

Author
News-Desk | April 27, 2026
0
Featured

बैशाख १४, वीरगंज । रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका–१ गंगापिपरास्थित एक पोखरीमा डुबेर पाँच वर्षीय बालकको मृत्यु भएको छ ।

गंगापिपराका गौरीशंकर साह कलवारका पाँच वर्षीय छोरा कृष साहको आइतबार साँझ पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ ।

प्रहरीका अनुसार साँझ करिब ६ बजे घरबाट झण्डै एक किलोमिटर टाढा रहेको ब्रह्मस्थानस्थित पोखरीमा नुहाउन गएका बेला कृष डुबेर बेपत्ता भएका थिए । घटनापछि स्थानीयले तत्काल प्रहरीलाई खबर गरेका थिए ।

बालकको खोजीका लागि स्थानीयवासीसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरिएको थियो । खोजीका क्रममा बालकलाई पोखरीबाट उद्धार गरी उपचारका लागि स्थानीय बागमती सेन्ट्रल अस्पताल, गंगापिपरा लगिएको थियो ।

उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गौरका डीएसपी विष्णुप्रदीप बस्यालले जानकारी दिएका छन् । बालकको शवको पोस्टमार्टम प्रादेशिक अस्पताल गौरमा गरिएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?