Menu

आजको मौसम

गौरस्थित यातायात कार्यालयबाट विचौलिया पक्राउ

Author
News-Desk | April 22, 2026
0
Featured

बैशाख ९, वीरगंज । रौतहटको सदरमुकाम गौरस्थित यातायात व्यवस्था कार्यलालबाट एक जना ‘बिचौलिया’ पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गौर नगरपालिका –५ दोस्तिया टोल घर भएका ४० वर्षीय लक्ष्मीकुमार केशरी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।

केशरीलाई गौर नगरपालिका – ३ स्थित यातायात व्यवस्था कार्यालयबाटै पक्राउ गरिएको हो । उनले सेवाग्राहीलाई विभिन्न कामहरू छिटो गरिदिने भनी अनावश्यक झन्झट दिने, हैरानी गर्ने सेवाग्राहीका कागजात बोकी विभिन्न फाँटहरूमा जाने र कार्यालयको कम्पाउन्ड भित्र सेवाग्राहीहरूलाई सवारी चालक अनुमति पत्र बनाई दिन्छु भनी विभिन्न किसिमको प्रलोभन देखाउने गरेको पाइएकाले पक्राउ गरिएको प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विष्णु प्रदीप बस्यालले जानकारी दिए ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?